शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

नागरिक पाटी

२६, पौष २०७७
  • 6.6K
    SHARES
  • राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

    धादिङ । राष्ट्रिय सभाको सातौँ हिउँदे अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्य भएको सम्बन्धी पठाउनुभएको पत्र पढेर सुनाउँदै अध्यक्ष तिमिल्सिनाले सातौँ अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको हो ।
    आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाको सातौँ अधिवेशन यही पुस १७ गतेदेखि सुरु भएको थियो । यसबीचमा राष्ट्रिय सभाको बैठक चार पटक बसेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - २२:०१:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology