शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रेलमार्ग विस्तारमा अवरोध

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रेलमार्ग विस्तारमा अवरोध

नागरिक पाटी

२९, पौष २०७७
  • 7.8K
    SHARES
  • राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रेलमार्ग विस्तारमा अवरोध

    काठमाण्डौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्ग अन्तर्गत बाराको निजगढमा विद्युतीय रेलमार्गका लागि निजी जमीनमा पिलर गाडेपछि स्थानीयवासीले अवरोध खडा गरेका छन् ।

    images
    images

    सो विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर खण्डको डिपिआर तयारीको लागि सर्भे गर्ने भनेर निजगढ आएको टोलीलाई स्थानीयवासीले बस्तीबीचबाट सर्भे नगर्ने भनी अवरोध खडा गरेका छन् ।

    सर्भे टोलीका प्रमुख सवइञ्जिनीयर सुरज पौडेलले भने, “गाडीएको पिलरदेखि २५० मिटर पश्चिम र ५० मिटर पूर्वतर्फको बाटो भएर रेलमार्ग जाने गरी सर्भे गर्दा स्थानीयवासीले अवरोध खडा गरेका छन्, निजगढ बजारको दक्षिणतर्फ निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालको जग्गा र कृष्ण मुरारी खड्काको जमीनको साध र सोही ठाउँको राजमार्गसँग जोडिएको रुद्रलाल श्रेष्ठ र श्रवण श्रेष्ठको साधमा पिलर गाडिएकाले विरोध भएको हो ।”

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागको पत्र लिएर इञ्जिनीयर पौडेलले नगरपालिका गएपछि स्थानीयवासीले विरोध जनाएको बताइएको छ । सो जमीनमा पिलर गाड्दा सम्बन्धित जग्गाधनीलाई र रेलमार्ग सर्भेबाट प्रभावित स्थानीयलाई जानकारी नदिइएको स्थानीयवासी विष्णु खड्काले बताए ।

    तीनसय वर्षभन्दा पुरानो बस्ती कछडियाको बीचबाट रेलमार्गको सर्भे भइरहेको थाहा पाएपछि त्यहाँका जनताले विरोध जनाउँदा विद्युतीय रेलमार्गको काम अगाडि बढ्न सकेको छैन ।

    सर्भे टोलीका अनुसार सो रेलमार्ग निजगढको भमरा नदीकट्टा, तेस्रो लाइन, जमुनी पैनी, निजगढ बजार, गुम्मा टोल, सडक टोल, पुरानो निजगढ हुँदै बकैया खोला पारी गरी रेलमार्ग लालबस्तीतर्फ जाने छ ।

    सो रेलमार्ग चिसापानी, घैया पोखरी, गुङ्जोड, बारथली, रामथली, कुलिया, भक्तलाल, डुमरजोर हुँदै अमलेखगञ्ज निस्कने र हेटौँडाबाट पश्चिमतर्फ रेल्बे लिक जाने छ । सर्भे टोलीले ती बस्तीका विभिन्न स्थानमा जग्गाधनीलाई कुनै जानकारी नदिएर जग्गाका साध, सिमानामा पिलर गाडेपछि विवाद चुलिएको हो । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - १९:०४:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology