आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अदितीको पाँच मुक्तक

अदितीको पाँच मुक्तक

  • 11.2K
    SHARES
  • अदितीको पाँच मुक्तक

    १.
    जे मन लाग्छ गर बरू नरिसाउन बिन्ती
    खुशी हुन्छन् दुश्मनहरू नरिसाउन बिन्ती
    हाँस्दा सँगै हाँसिदिने रुँदा आँसु पुछिदिने
    तिमी बाहेक छैनन् अरू नरिसाउन बिन्ती

    images

    २.
    साख्खै बन्ला घात गर्ला कहिल्यै सोचिएन
    कर्मको फल पीडा पर्ला कहिल्यै सोचिएन
    आफन्तलाई दिलमा राखेँ उसलाई नजरमा
    आँसु बनी भूईँमा झर्ला कहिल्यै सोचिएन।

    ३.
    भनेको हो पहिल्यै मेरो नआऊ वरिपरि
    बालबच्चा छोडे झैँ हो तलाउ वरिपरि
    दिलमा बसी दिलभित्रै छुरा चलाइदियौ
    राखे जस्तै भयो नूनचुक घाउ वरिपरि

    ४.
    देख्यौ सपना गर्यौ प्यार स्वभाविक हो
    सोच्यौ लाग्छ जीवन पार स्वभाविक हो
    भरिएको सिउँदोमाथि नजर पर्यो भन्दा
    लाग्यो होला आज बेकार स्वभाविक हो

    ५.
    जिन्दगी म रमाउँदै चलाउन सक्छु
    मेरा दुश्मन म सजिलै गलाउन सक्छु
    संसार ध्वस्त पार्नलाई आगो चाहिँदैन
    यो दुनियाँ म मुस्कानले जलाउन सक्छु।

     

    images
    images
    images
    प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - ०९:०२:५२ बजे

    अदिती अर्याल ज्ञवाली

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology