आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन भारतले अनुदानमा दिने

नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन भारतले अनुदानमा दिने

नागरिक पाटी

७, माघ २०७७
  • 8.9K
    SHARES
  • नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन भारतले अनुदानमा दिने

    काठमाडौं । नेपाललाई भारतले १० लाख डोज कोरोना भ्याक्सिन अनु्दानमा दिने भएको छ । आज बुधबार स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर उक्त खोप बिहीबार नेपाल आउन लागेको जानकारी दिए। भारतले आजदेखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ। आज भुटान र माल्दिभ्समा खोप पठाइएको छ। नेपाल र बंगलादेशमा भोलि बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ।

    images

    भारतबाट ल्याइने खोप अग्रपंक्तिमा खटिएकाहरू र स्वास्थ्यकर्मीलाई लगाइने छ। भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन्। अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत वायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो।

    नेपाल सरकारले अक्सफोर्ड,अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।अघिल्लो साता भारत भ्रमणमा गएका बेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि कोरोना खोपका उपलब्ध गराउनेबारे भारतीय अधिकारीहरूसँग कुराकानी गरेका थिए।

    images
    images
    images
    प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - १५:१४:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology