शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तातोपानी नाका तीन साताका लागि बन्द हुने

तातोपानी नाका तीन साताका लागि बन्द हुने

नागरिक पाटी

७, माघ २०७७
  • 8.5K
    SHARES
  • तातोपानी नाका तीन साताका लागि बन्द हुने

    काठमाण्डौं । बिहीबारदेखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलि (२१ जनावरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । बाढीले क्षति पु¥याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार प्रमुख लाबहादुर खत्रीले जानकारी दिए । पहिलेकै बाढीले क्षति पु¥याएको पुलको एक भागामा केही दिन अघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको उनको भनाइ छ ।
    पुल मर्मतका लागि नाका बन्द हुने भएपछि छिटो(छिटो गरेर बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइएको पनि भन्सारले जनाएको छ । तातोपानी रुट भएर आउने बाटोमा अब कुनै मालबाहक सवारी साधन नभएको पनि भन्सार प्रमुख खत्रीले बताए । प्राविधिक मगाएर चिनियाँ पक्षले पुलको अवस्था जाँच गरेपछि पुल मर्मत गरिने निश्चित भएको उनको भनाइ छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - १८:४९:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology