धादिङ । मुग्लिन-नारायणगढ सडक विस्तार भएपछि दुर्घटना संख्यामा कमी आएको छ । सडक साँघुरो र भत्किएको हुँदा दुर्घटनाको जोखिम बढी थियो । चालू आर्थिक वर्ष ०७७र७८ को ६ महिनामा नारायणगढ–मुग्लिन सडकमा १९ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनाबाट चारजनाको मृत्यु र ४४ जना घाइते भए ।
सडक विस्तार सम्पन्न भएको वर्ष यस सडकमा दुर्घटना अत्यधिक भएको थियो । यस सडकमा आव ०७५र७६ मा ५५ वटा दुर्घटना भएका थिए, जसमा २८ जनाले ज्यान गुमाए । १८७ जना घाइते भए । त्यसपछि आव ०७६र७७ मा ५७ वटा दुर्घटना भए । दुर्घटनाबाट २४ जनाको ज्यान गयो भने १४४ जना घाइते भए ।
सडक विस्तार हुनुअघि आव ०७३र७४ मा ३०२ दुर्घटना हुँदा १७० जनाको मृत्यु भएको थियो । ८९ जना घाइते भएका थिए । त्यसपछिको आव ०७४र७५ मा चार सयवटा दुर्घटना हुँदा ९९ जनाको मृत्यु भएको थियो । सडक विस्तारका क्रममा नागरिकले उस्तै सास्ती व्यहोर्नुपरेको थियो । दुर्घटनाको संख्यामा ५० प्रतिशतले कमी आएको उनले बताए ।