शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौं जाने सडक २ महिना बन्द हुने

हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौं जाने सडक २ महिना बन्द हुने

नागरिक पाटी

९, माघ २०७७
  • 12.5K
    SHARES
  • हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौं जाने सडक २ महिना बन्द हुने

    हेटौंडा । हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौं जाने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द हुने भएको छ । निर्माणाधीन भीमफेदी-कुलेखानी सडकखण्ड भोलिदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द हुने भएको हो । हाल उक्त सडकखण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ ।

    images
    images

    वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाका अनुसार निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक बन्द गरिन लागेको बताएका छन । भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाण्डौ आउन अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

    नागरिकपाटी डटकमको भिडियो सामाग्री हेर्नुहोस्.... 

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - १४:०२:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology