काठमाण्डौँ । हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौं पुग्ने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द भएको छ । निर्माणाधीन भीमफेदी कुलेखानी सडकखण्ड आजदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द भएको हो । हाल उक्त सडकखण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ ।
वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाका अनुसार निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक बन्द गरिएको बताएका छन । भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाण्डौ आउन अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।
नागरिकपाटी डटकमको भिडियो सामाग्री हेर्नुहोस्....