शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागढुंगा–सिस्नेखोला सुरुङ दुवैतिरबाट खन्न सुरु

नागढुंगा–सिस्नेखोला सुरुङ दुवैतिरबाट खन्न सुरु

नागरिक पाटी

११, माघ २०७७
  • 6.1K
    SHARES
  • नागढुंगा–सिस्नेखोला सुरुङ दुवैतिरबाट खन्न सुरु

    धादिङ । नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाअन्तर्गत शुक्रबारबाट काठमाडौंतर्फ पनि सुरुङ खन्न थालिएको छ । चन्द्रागिरि नगरपालिका–२ स्थित टुटेपाखाबाट सुरुङ खन्न लागिएको आयोजनाले जनाएको छ । दुवैतर्फ काम सुरु भएकाले १३ महिनाभित्र सुरुङ छेड्ने काम सकिने निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले बताएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए ।
    ‘सुरुमा स्थानीयले अवरोध गर्ने चेतावनी दिएका थिए,’ उनले भने, ‘अहिले काठमाडौंतर्फ कुनै अवरोध छैन, काम अघि बढेको छ ।’ उनका अनुसार काठमाडौंतर्फ दुई सातापछि मात्र विस्फोटक पदार्थ प्रयोग गरिनेछ । त्यसअघि करिब ३० मिटर सुरुङ मेसिनबाट खनिने उनको भनाइ छ । धादिङतर्फ भने पुस ६ बाट नै सुरुङ खन्न थालिएको थियो । विस्फोटक पदार्थ भने पुस २३ बाट प्रयोग गर्न थालिएको छ । ‘धादिङतर्फ अहिले चौबिसै घण्टा काम हुने गरेको छ,’ उनले भने, ‘काठमाडौंतर्फ पनि यसरी नै काम गर्ने तयारी हुँदै छ । कान्तिपुर दैनिकमा खबर छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - १०:०५:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology