शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई चालक पक्राउ

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई चालक पक्राउ

नागरिक पाटी

११, माघ २०७७
  • 6.5K
    SHARES
  • ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई चालक पक्राउ

    काठमाण्डौं । काठमाण्डौमा ड्यूटीमा खटिरहेका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई जना चालक पक्राउ परेका छन् । गएराति सवा ९ बजे कलंकी खसीबजार सडकखण्डमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई बा ४ ख ७३२५ नम्बरको टिप्पर चालक धादिङ थाक्रेका २८ वर्षका रामहरी थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए ।
    ट्राफिक प्रहरीले गाडीको कागजात माग्दा चालक थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै, गएराति साढे ९ बजे कलंकी–खसीबजारबाट को १ ख ५००४ नम्बरको टिप्पर चालक पक्राउ गरेका छन् । चालक मकवानपुरका कुलबहादुर घलानले पनि ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई दुई सय रुपैयाँ घुस दिन खोजेका थिए ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - १०:११:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology