शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुग्लिन–पोखरा सडक विस्तार प्रक्रिया अघि बढ्यो

मुग्लिन–पोखरा सडक विस्तार प्रक्रिया अघि बढ्यो

नागरिक पाटी

१३, माघ २०७७
  • 14.4K
    SHARES
  • मुग्लिन–पोखरा सडक विस्तार प्रक्रिया अघि बढ्यो

    काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार प्रक्रिया अघि बढेको छ। मुग्लिन–पोखरा सडक खण्डअन्तर्गतको आबुखैरेनी–जामुन्ने खण्डको निर्माण चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाउने भएको छ। चिनियाँ कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ लाख रुपैयाँमा मुग्लिन–पोखरा सडकअन्तर्गतको पूर्व खण्ड आँबुखैरनी–जामुने सडक निर्माणको जिम्मा पाउने भएको हो। सडक विभाग र चिनियाँ कम्पनीबीच सडक निर्माणका लागि सम्झौता हुने क्रममा रहेको मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डका प्रमुख नगेन्द्र सुवेदीले जानकारी दिए।

    images
    images


    ‘पर्फमेन्स ग्यारेन्टी गर्ने म्याद माघ १४ गतेसम्म छ’, सुवेदीले भने, ‘पर्फमेन्स ग्यारेन्टीबापतको रकम बैंकमा जम्मा गरिसकेपछि ठेक्का सम्झौता मिति तय गरिनेछ।’ सडक विभाग आयोजना निर्देशनालय ९एडीबी०ले पहिलो चरणमा मुग्लिन–पोखरा सडक खण्डअन्तर्गतको आँबुखैरेनी–पोखरा खण्ड निर्माण प्रक्रिया अघि बढाउन खोजेको हो। मुग्लिन–पोखराको दूरी करिब ९३ किमि छ। जसमा आँबुखैरेनी–पोखराको लम्बाइ ८६।६ किमि छ। निर्देशनालयले आँबुखैरेनी–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरेको छ। आँबुखैरेनी–जामुने ९४१.४५ किमि (पूर्वी खण्ड र जामुने–पोखरा ९४५ किमि) रहेको छ। जामुने–पोखरा खण्ड विस्तारका लागि निर्माण व्यवसायीको आवेदन मूल्यांकनको क्रममा छ। यो खण्डको मूल्यांकन अन्तिम चरणमा पुगेको छ।

    मुग्लिन–आँबुखैरनी खण्ड करिब ७ किमिको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणकै क्रममा छ। निर्देशनालयले एडीबीको सहुलियत ऋणमा मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्दै छ। निर्दोष घोरसाइनेले अन्नपुर्ण पोष्टमा खबर लेख्नुभएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १३, २०७७ मंगलवार - ०७:२७:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology