शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा आजबाट कोरोना खोपको शुरुवात

नेपालमा आजबाट कोरोना खोपको शुरुवात

नागरिक पाटी

१४, माघ २०७७
  • 7.3K
    SHARES
  • नेपालमा आजबाट कोरोना खोपको शुरुवात

    काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीविरुद्धको खोप बुधबारदेखि लगाइँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे खोप अभियानको शुभारम्भ गर्दैछन् । उनले भर्चुअल माध्यमबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै खोपको शुभारम्भ गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    images
    images

    उनले पहिलो दिन बुधबार ६० जिल्लाका १२० बढी केन्द्रबाट अग्रपंक्तिमा रहेर भूमिका खेलेकालाई खोप लगाइने बताए । उनले भने, ‘हामीसँग १० लाख डोज खोप छ । ४ लाख ३० हजारदेखि ४ लाख ६० हजार जना सम्मलाई खोप लगाउनु पुग्छ ।’

    उनका अनुसार १८ गतेभित्रमा सबै जिल्लामा खोप लगाउन थालिने छ । १० दिनभित्र कोरोना भाइरस विरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक लगायतलाई खोप लगाइने बताए ।

    यो खोप दुई चरणमा लगाइने छ । २८ दिनको फरकमा दोस्रो डोज खोप लगाइने भए पनि दिनको सजिलोका लागि नेपालमा माघ १४ गते लगाउनेलाई फागुनको १४ गते दोस्रो डोज लगाइने डा। गौतमले बताए । पाखुराको मांसपेशीभित्र खोप लगाइने छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - ०८:२०:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology