शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ट्राफिक जरिबाना अब अनलाइनबाटै तिर्न सकिने

ट्राफिक जरिबाना अब अनलाइनबाटै तिर्न सकिने

नागरिक पाटी

२१, माघ २०७७
  • 5.5K
    SHARES
  • ट्राफिक जरिबाना अब अनलाइनबाटै तिर्न सकिने

    काठमाण्डौं । अब ट्राफिक जरिबाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । आज बुधवारदेखि ट्राफिक जरिबाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    images
    images


    महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बुधवार ट्राफिक जरिबाना अनलाइन भुक्तानीको उद्घाटन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको जानकारी गराएको हो ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले आउँदा दिनमा बैंकमा पुगेर जरिबाना तिरि भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

    ट्राफिक जरिबाना ई–सेवाबाट भुक्तानी गर्न सकिनेछ । ई–सेवाबाट ट्राफिक जरिबाना भुक्तानी गर्नुले धेरैभन्दा धेरै सेवाग्राहीलाई लाभ पुग्ने सेवा प्रदायक कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १६:३७:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology