आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कविता

व्यापार जिन्दावाद !

व्यापार जिन्दावाद !

नागरिक पाटी

२२, माघ २०७७
  • 27.9K
    SHARES
  • व्यापार जिन्दावाद !

    कविता 

    images

    हामीले जंगबहादुर बेच्यौँ,
    त्रिभुवन बेच्यौँ,
    महेन्द्र बेच्यौँ,
    स्वदेशमै ब्यापार सिक्यौँ ।

    अलिक जान्ने भएपछि
    बीपी बेच्यौँ,
    गणेशमान बेच्यौँ,
    गिरिजा बेच्यौँ,
    वैदेसिक ब्यापार जान्यौँ ।

    पुस्पलाल, मदन, मनमोहन,
    हाम्रो दोकानबाटै बिक्री भए ।
    झण्डै एक दशक प्रचण्डलाई बेच्यौँ ।
    मलाई विश्वास छ,
    हामीले एकदिन केपीलाई पनि बेच्नेछौँ ।

    बिप्लव, प्रचण्ड, माधव,
    बाबुराम, महन्थ, उपेन्द्र
    एकदिन फेरि बिक्री हुनेछन् ।
    देउवा, रामचन्द्र पनि बिक्लान् ।

    राजनीतिलाई ब्यापार बनाउन,
    हामी खप्पीस भैसक्यौँ ।
    हाम्रो ब्यापार जिन्दावाद !

    सोहम सुबेदी

    धुनिवेशी, धादिङ
    हाल : काठमाण्डौँ

    images
    images
    images
    प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - १२:४१:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology