शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्युठानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दश जना घाइते

प्युठानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दश जना घाइते

नागरिक पाटी

२३, माघ २०७७
  • 10.0K
    SHARES
  • प्युठानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दश जना घाइते

    प्युठान । प्युठानमा शुक्रबार बिहान गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप दश जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लले दुर्घटनामा परी अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं.८ का ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको बताएका छन।

    images
    images

    दुर्घटनामा परी चालक प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाका दशरथ विश्वकर्मा गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि बुटवल रिफर गरिएको डिएसपी मल्लले बताए। दुर्घटनाका अन्य थप ९ जना घाइतेहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको डिएसपी मल्ले जानकारी दिए।


    दाङको भालुबाङबाट रोल्पा जिल्लाको सुलिचौरतर्फ जाँदै गरेको रा १ ज ८०९ नम्बरको भाडाको स्कार्पियो बिहान साढे ९ बजेतिर प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं.६ मोतिपुरमा दुर्घटनमा परेको थियो।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १३:१०:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology