शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज विभिन्न ठाँउमा भएको सवारी दुर्घटनामा परि ९ जनाको मृत्यु

आज विभिन्न ठाँउमा भएको सवारी दुर्घटनामा परि ९ जनाको मृत्यु

नागरिक पाटी

२४, माघ २०७७
  • 5.1K
    SHARES
  • आज विभिन्न ठाँउमा भएको सवारी दुर्घटनामा परि ९ जनाको मृत्यु

    काठमाडौं । विभिन्न ठाँउमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।सवारी दुर्घटना सुनसरी, चितवन, रुपन्देही, सिन्धुली, मोरङ, दाङ र मकवानपुरका विभिन्न स्थानमा भएको प्रहरीले जनाएको छ ।

    images
    images

    मकवानपुरगढी गाउँपालिका ३ मक्रानचुलीस्थित सडकमा ना ७ ख ३८३ नंको ट्याक्टरको ठक्करबाट ७० वर्षीया जुनकिरी परियारको आज (शनिवार) बिहान मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    त्यसै गरी सुनसरी, ईटहरी उपमहानगरपालिक २ आपगाछीस्थित सडकमा प्रदेश १ ०२ ०४४ प १२५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ६५ बर्षीय कुबेर मल्ल र उनका छोरा ३५ बर्षीय नुर्जन मल्लको हिजो शुक्रवार दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

    त्यसै गरी चितवनको भरतपुर महानगरपालिका १५ कान्छीचोकस्थित सडकमा ग ३ च १९०४ नम्बरको बलेरोको ठक्करबाट साईकलयात्री ७० बर्षीय गगन राज रेग्मीको हिजो शुक्रवार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    त्यसै गरी रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ ठठरियास्थित सडकमा लु १ त ९१७७ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रवार बिहान दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका ३ करवानीका २३ बर्षीय मुन्ना जोगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

    त्यसै गरी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ५ सिमरास पाखास्थित सडकमा ना ५ त ५३५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रवार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार मरिण गाउँपालिका २ रातामाटा बस्ने २५ बस्ने प्रताप लोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    त्यसै गरी मोरङको सुन्दरहरैचा नगरपालिका ७ सलकपुर चोकस्थित सडकमा प्र २ ०३ ००१ ख १९७६ नम्बरको मिनिट्रकले प्र १ ०२ ०४० प ७४६९ नम्बरको स्कुटरलाई शुक्रवार राति ठक्कर दिंदा स्कुटर चालक ३५ वर्षीय अजय लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ईटहरी सामुदायिक अस्पताल हुँदै न्युरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    त्यसै गरी दाङको तुलसीपुर उपमहानगरपालिका २ नौबस्तास्थित सडकमा रा १ त ३४४१ नम्बरको ट्याक्टर र रा ६ प १४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रवार राति दुर्घटना हुँदा मोटरसाइकल सवार दंगिशरण गाउँपालिका ३ रावत गाउँका २६ वर्षीय दिनेश खड्का र २५ वर्षीय विबेक थापाको मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दंगिशरण गाउँपालिका ३ रावत गाउँ बस्ने २४ वर्षीय आकाश कँडेलको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - १७:५०:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology