पालुङ । त्रिभुवन राजपथको सिमभन्ज्याङ खण्डमा सडक अवरुद्ध भएको छ । २४ माघ दिउँसो परेको हिमपातका कारण अवरुद्ध सडक बेलुकी आंशिक रुपमा खुलेको भएपनि रातीबाट अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ। सडकमा तुषारो र हिउँ जमेका कारण यातायात अवागमन अवरुद्ध रहेको प्रहरीले जानकारी दिनु भयो । दामनभन्दा केही माथिबाट सिमभन्ज्याङसम्म यातायातका साधनको लाइन रहेको प्रहरी बताएको छ।




फोटहरूः गणेश विष्टको सहयोगमा