मकवानपुर । मकवानपुरको भिमफेदी गाँउपालिकाको गोलमोडमा हिउँमा चिप्लिएर टाटा सुमो दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
काठमाठौबाट बिरगंज जादै गरेको ना १ ज ४१३८ नंम्बरकोे टाटा सुमो गोलमोडको मोडबाट झरेको हो । दुर्घटनामा घाइते भएका सप्तरी जिल्ला बनौली गाउँपालिका वडा नम्बर २ का ३३ वर्षिय प्रमाण्डु चौधरीको गएराती साढे ११ मृत्यु भएको हो ।
दुर्घनामा अन्य ४ यात्रु पनि गम्भिर घाईते छन् । घाईतेहरुलाई चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले वताउनुभयो । सिमभन्ज्याङ्ग प्रहरी, लेकाली बसिफाँटका शिक्षक नर्स र स्थानियले घाईतेहरुलाई उद्धार गरि अस्पताल पठाएका थिए । सुमो बेलुकी ८ बजेतिर दुर्घटना भएको स्थानीयहरूले बताएका छन् ।