शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोट सहितका जिल्लामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

नुवाकोट सहितका जिल्लामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

नागरिक पाटी

२५, माघ २०७७
  • 4.6K
    SHARES
  • नुवाकोट सहितका जिल्लामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

    काठमाण्डौँ । नुवाकोट सहितका जिल्लामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । नुवाकोटको लिंखु गाउँपालिका ३ स्थित सडकमा प्र.३-०१०२ च ३७१९ नम्बरको बलेरो गाडी र बा.६३ प ४६९५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय कमान तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि त्रिशुली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय रमेश तामाङको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images

    यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-११ शुक्रबारेस्थित सडकमा प्र-१-०२-०४३ प ५८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कोशी गाउँपालिका-२ बस्ने १८ वर्षीय निरन्जन उराउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको स्थानीय मेडिकल मधुवनमा उपचार भइरहेको छ ।

    यस्तै कैलालीको गोदावरी नगरपालिका-९ बल्मीस्थित सडकमा से.७ प ५३८४ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकल यात्री धनगढी उपमहानगरपालिका-११ घुर्सुवा बस्ने ५१ वर्षीय ट्याउटु चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पद्मा अस्पताल अत्तरीया हुँदै कोहलपुर मेडिकल कलेजमा थप उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-५ गेटा बस्ने २५ वर्षीया सन्ध्या चौधरीको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रिय प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - १४:०३:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology