शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दुर्घटना न्यूनीकरणका लागि रसुवामा ट्राफिक कारवाही तीव्र

दुर्घटना न्यूनीकरणका लागि रसुवामा ट्राफिक कारवाही तीव्र

नागरिक पाटी

२५, माघ २०७७
  • 6.5K
    SHARES
  • दुर्घटना न्यूनीकरणका लागि रसुवामा ट्राफिक कारवाही तीव्र

    रसुवा । इजाजत बिना सवाारीसाधन चलाउने माथि ट्राफिक प्रहरीले कारवाही तीव्र पारेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालेको विषेश जाँच परीक्षण अन्तर्गत लामो समयदेखि सवारी साधनको नवीकरण नगरिएका र कतिपय चालकसँग अनुमति पत्र नभेटिएपछि परीक्षणकाल थप तीव्र पारिएको हो । परीक्षणको क्रममा ३५ का अनुमति पत्र नभएका र २० सवारी साधनले नवीकरण नगरेका भेटिइएको थियो । जिल्ला ट्राफिक प्रमुख चन्द्रबहादुर घिसिङले सबैलाई पहिलो पटक कारवाहीस्वरूप जरिवान गरी छोडिएको जानकारी दिए ।

    images
    images

    उनीहरुलाई ट्राफिक नियम, हुनसक्ने जोखिम, भोग्नु पर्ने सजाय समेतका बारेमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो । विशेष परीक्षण अन्तर्गत समग्रमा ५० सवारीसाधन कारवाहीमा परेका र जरिवानबापत दुई लाख ५० हजार राजश्व दाखिला भएको बताइएको छ ।

    ट्राफिक व्यवस्थापन अन्तर्गत नियम उलङ्घन गर्ने सवारी साधनलाई बढीमा दुई हजारसम्म जरिवाना गर्ने प्रावधान रहेको उनले बताए । जरिवाना गरिएका सवारीसाधन मध्ये छ देखि नौ वर्षसम्म नवीकरण नभएका तीन सवारीसाधनका धनीलाई छिटो नवीकरण गराउन कबुलियतसमेत गराइएको छ ।

    दिन प्रतिदिन पासाङल्हामु राजमार्गमा गुढ्ने सवारीसाधनमध्ये सबै भन्दा धेरै मोटरसाइकलको सङ्ख्या बढी रहेकोे छ । युवाले चलाएका ती सवारीसाधन तीव्ररूपमा गुड्ने पाइएकाले गुडाउने रफ्तारको बारेमासमेत सचेत गराउँदै आएको ट्राफिक प्रहरीले जनाएको छ ।
    यस्तै दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा सडकको अलावा गाउँटोलदेखि विद्यालयसम्म विविध प्रकारका सन्देशमूलक सचेतना कार्यक्रमसमेत अगाडि बढाइएको छ । जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेका अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा ट्राफिक नियमको कार्यान्वयन एवं महिला हिंसा नियन्त्रणलगायतका विषयमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो । विद्यालयस्तरमा गई विद्यार्थी माझ लागूऔषधका साथै साइवर अपराध नियन्त्रण एवं बालबालिकाको संरक्षण समेतका विषयमा सन्देशमूलक ज्ञान प्रदान गरिएको प्रहरी जनाएको छ ।

    धुञ्चे, स्याफ्रबेँसी टिमुरेको साथै आमाछोदिङ्मो तथा नौकुण्ड गाउँपालिकाको केही विद्यालयमा सचेतना गराउने कार्य सम्पन्न भएको छ । ट्राफिक प्रहरीद्वारा सवारी साधनसम्बन्धी र नेपाल प्रहरीले कूलतबाट जोगाउन सानु उमेरबाटै विद्यालयस्तरदेखिनै दिएको ज्ञानले समुन्नत समाज निर्माणमा योगदान पुग्ने र यस्ता कार्यक्रमले निरन्तरता पाउनेमा सम्पूर्ण अभिभावक आशावादी रहेको समाजसेवी भवनाथ पौडेलले जानकारी दिए ।

    समाजमा हुने अपराध न्यूनीकरण गर्न प्रहरी अहोरात्र खटिरहेकोले जिल्लाभित्र कुनै प्रकारका अपराध भएमा वा हुने सम्भावनाको सङ्केत देखिएमा कार्यालयलाई जानकारी गराउन प्रहरीले आग्रह गरेको छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - १६:०८:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology