काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने आयोजकले बताएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
विरोधसभामा सहभागी गराउन दाहाल नेपाल समूहले बिभिन्न जिल्लाबाटसमेत कार्यकर्ता तथा समर्थकहरुलाई काठमाडौंमा उतारेको छ । सो समूहको जुलुस तथा विरोधसभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।