शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

फागुन ३ गते प्रधानमन्त्रीले तीन वर्षे कार्यकालको समीक्षा गर्ने

फागुन ३ गते प्रधानमन्त्रीले तीन वर्षे कार्यकालको समीक्षा गर्ने

नागरिक पाटी

१, फाल्गुण २०७७
  • 5.8K
    SHARES
  • फागुन ३ गते प्रधानमन्त्रीले तीन वर्षे कार्यकालको समीक्षा गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालको समीक्षा गर्नुहुने भएको छ । प्रधानमन्त्री नियुक्त भएको तीन वर्ष पुगेको अवसरमा फागुन ३ गते तीन वर्षे कार्यकालको समीक्षा गर्न लाग्नुभएको हो ।

    images
    images

    आज शनिबार बुटवलमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै उहाँले तीन वर्षमा ब्यापक विकासका कामहरु भएको जिकिर गर्नुभयो । साथै उहाँले फागुन ३ बिहान ११ बजेदेखि समीक्षा गर्ने भएकाले टेलिभिजनमा हेर्न आग्रह गर्नुभयो ।

    उहाँले कार्यकालको समीक्षा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट गर्ने जानकारी दिनुभयो । पछिल्लो १० महिना सम्म सिंहदरबारस्थित कार्यालय नजानुभएका प्रधानमन्त्री उक्त दिन कार्यालय जानुहुनेभएको छ । प्रधानमन्त्री ओली २०७४ फागुन ३ गते दोस्रोपटक नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - १७:०३:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology