आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा सहकारीको एकिकरण : हाइवे र सरस्वती एक भएपछि कुल सम्पती कति ?

धादिङमा सहकारीको एकिकरण : हाइवे र सरस्वती एक भएपछि कुल सम्पती कति ?

शिवराज आचार्य

१, फाल्गुण २०७७
  • 10.8K
    SHARES
  • धादिङमा सहकारीको एकिकरण : हाइवे र सरस्वती एक भएपछि कुल सम्पती कति ?

    धार्के । धादिङको गलिछ गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था लिमिटेड र धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ जुगेखोलामा रहेको सरस्वती महिला बचत तथा ऋण सहकारी विच एकिकरण भएको छ ।

    images

    150185883_441678590354538_8347413046367408745_n.jpg
    जिल्लाको राजमार्ग क्षेत्रमा एक सक्षम र सम्बृद्ध सहकारी संस्था निर्माण गर्न उद्देश्यका साथ राजमार्ग क्षेत्रमा रहेका समान प्रकृतिका सहकारी विच विभिन्न चरणमा एकिकरण सम्बन्धि छलफल भए पछि शनिबारबाट एकिकरण भएर सेवा विस्तार गरिएको हाइवे बचत तथा ऋण सहकारी संस्थाका लिमिटेडका व्यवस्थापक ऋिषिराम नेपालले बताएको छन ।

    149350781_474536060594243_2987701565412776055_n.jpg
    एकिकरण कार्य आफैमा जटिल र कठिन भएता पनि दुबै संस्थाका सञ्चालक समितिका पदाधिकारी एवम सदस्यहरुको सक्षम एवम सम्बृद्ध सहकारी संस्था बनाउने उद्देश्य रहेका कारण सहकारी आज एक भएको हाइवे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमा सिम्खडा नेपालले जानकारी दिनु भएको छ ।

    149743624_180625843860689_4395815963568877703_n.jpg
    एउटै लक्ष्य र उद्देश्य, कार्य क्षेत्र र एउटै व्यक्ति सबै तिरका सदस्य भएका हिंसावले समेत एक भएर जाँदा राम्रो हुने भएकाले गर्दा दुई सहकारी आज एक भएको साविक सरस्वती महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा हाइवे बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कल्पना सिहंले बताएका छन्।

    ff.jpg
    दुई सहकारी एकिकरण पश्च्यास हाइवे बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य संख्या २ हजार ७ सय ३ जना र सरस्वती महिला सहकारीको शेयर सदस्य संख्या ७ सय ८४ जना गरि जम्मा सदस्य संख्या ३ हजार ४ सय ८७ जना पुगेको छ । त्यसै गरी दुबै वटा सहकारीमा शेयर सदस्य भएकाहरु ६९ जना रहेकाले सो संख्या घटाउँदा कुल शेयर सदस्य संख्या ३ हजार ४ सय १८ पुगेको छ ।
    दुई सहकारी एक भए पछि कुल पुजी २ करोड ३० लाख ९८ हजार ३ सय,बचत १६ करोड ५ लाख ९७ हजार ४ सय ८९ रुपैयाँ ,ऋण लगानी १६ करोड ४१ लाख ३२ हजार ७ सय ९२ रुपैयाँ र कुल सम्पती २२ करोड ६० लाख २७ हजार ७२ रुपैयाँ, जगेडा कोष २ करोड ५ लाख २८ हजार ५ सय ६५ रुपैयाँ र अन्य कोष १ करोड ३८ लाख ८८ हजार १ सय ५३ रुपैयाँ पगेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १, २०७७ शनिवार - २०:४६:३७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology