रसुवा (धारापानी) । कालिका गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष सिता पौडेल अधिकारीको अध्यक्षतामा गाउँपालिकाद्धारा चालु आर्थिक वर्ष २०७७/०७८ अवधीमा सञ्चालित योजना तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता विषयमा सुनुवाई सम्पन्न भएको हो ।
कार्यक्रममा विषयगत शाखाका प्रमुख तथा प्रतिनिधीहरुले आफ्नो शाखाको गतिविधीको बारेमा जानकारी गराएका छन् । योजना तथा लेखा शाखाको बारेमा निमित्त प्रमुख प्रशासकिय अधिकृत वाचस्पती सुनुवार, शिक्षा शाखाका टिकादेवी खरेल, स्वास्थ्य शाखाका प्रमुख नवराज न्यौपानेले शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् ।

यस्तै कृषी शाखाका प्रमुख प्रकाश देवकोटा, पशु शाखाका प्रमुख बुद्धिनाथ न्यौपाने, महिला विकास शाखाका प्रमुख प्रतिभा वेलबासे, वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नारायण पौडेल र आयुर्वेद शाखाका प्रमुख डा. हिमालय कुमार श्रेष्ठले शाखाको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
शाखाको काम र सेवा प्रवाहको बारेमा प्रस्तुत प्रतिवेदन सँगै विशेष गरि सडक, रोजगार, शिक्षा, सँगै वडा र गाउँपालिकाको सेवा प्रवाहको बारेमा सहभागीले प्रश्न गरेका थिए । सहभागीको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष र विभिन्न विषयगत शाखाका प्रमुख तथा प्रतिनिधीले दिएका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद न्यौपाने, जिल्ला समन्वय समितीका सदस्य चित्रकुमारी न्यौपाने, विभिन्न राजनैतिक दलका प्रतिनिधी, निमित्त प्रमुख प्रशासकिय अधिकृत वाचस्पती सुनुवार, वडा नम्बर १ का वडा अध्यक्ष मालफुर्पा तामाङ, वडा नम्बर ३ का अध्यक्ष पुष्पराज न्यौपाने, वडा नम्बर ५ का अध्यक्ष रामहरी देवकोटा, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधी, विभिन्न सँस्थाका प्रतिनिधी, गैह्र सरकारी सँस्थाका प्रतिनिधी, विभिन्न वैँक तथा वित्तिय सँस्थाका प्रमुख तथा प्रतिनिधी, विद्यालयका प्रतिनिधी, सुरक्षाकर्मी, समाजसेवी, पत्रकार लगायतको आतित्थ्यता रहेको थियो ।

स्याउबारीमा रहेको रेडियो लाङटाङ ९०.३ मेगाहर्जको सहजिकरणमा भएको कार्यक्रममा पत्रकार आशिष ठकुरीले कार्यक्रम सञ्चालन गरेका थिए । सम्वृद्ध कालीकाको आधार, पर्यटन, कृषी र पशुपालनमा सुधार भन्ने नारा सहित गाउँपाािलकाले विभिन्न वडा तथा पालिका गौरवको आयोजनाहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको कार्यक्रममा जनाईएको छ ।