शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एसईईका विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिईने

एसईईका विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिईने

नागरिक पाटी

५, फाल्गुण २०७७
  • 8.0K
    SHARES
  • एसईईका विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिईने

    काठमाण्डौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने भएको छ । कोरोना भाइरसबाट प्रभावित भई विद्यार्थी अध्ययनका क्रममा अन्य जिल्लामा पुगेको हुन सक्ने भन्दै सरकारले एक पटकका लागि स्थानान्तरणको सुविधा उपलब्ध गराउने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले शिक्षा नियमावलीमा आवश्यक संशोधन गरी स्थानान्तरणको सुविधा दिने प्रावधान समावेश गरिएको जानकारी दिए ।

    images
    images

    सरकारको यो निर्णयसँगै अब विद्यालय परिवर्तन गरी अध्ययन गरेका कक्षा १० का विद्यार्थीले सोही विद्यालयबाट परीक्षा दिन पाउने छन् । विगतमा विद्यार्थी स्थानान्तरण गरी परीक्षा दिने र त्यसकै माध्यमबाट परीक्षा उत्तीर्ण गराउने गतिविधि बढेपछि सरकारले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरणमा रोक लगाएको थियो । नियमावली संशोधन गरी राजपत्रमा छपाइका लागिसमेत पठाइसकिएको जनाइएको छ ।


    सरकारको यो निर्णयसँगै एसईईमा विद्यार्थीले परीक्षा छाड्ने दर कम हुने अनुमान गरिएको छ । विद्यार्थीलाई परीक्षामा सहभागी हुन सहज होस् भनेर नै यस खालको प्रबन्ध गरिएको हो । सरकारले शिक्षा नियमावलीमा नै संशोधन गरी कोरोना भाइरस जस्ता सङ्क्रमण भएको अवस्थामा भने विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने सक्ने निर्णय गरिएको शिक्षा प्रवक्ता शर्माले बताए ।

    उनले भने, “स्थानान्तरण एक पटकका लागि मात्रै हो तर आगामी वर्ष पनि कोरोना जस्तै सङ्क्रमण भएको अवस्थामा भने यस खालको प्रबन्ध गर्न सक्ने बाटोसमेत नियमावलीले खोलिदिएको छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - ०७:४२:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology