शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पालिका परिचय : गजुरी गाउँपालिका, धादिङ

पालिका परिचय : गजुरी गाउँपालिका, धादिङ

नागरिक पाटी

५, फाल्गुण २०७७
  • 45.5K
    SHARES
  • पालिका परिचय : गजुरी गाउँपालिका, धादिङ

    गजुरी गाउँपालिकाको संक्षिप्त परिचय

    images
    images

    संघीय गणतन्त्र नेपालको बागमती प्रदेशमा पर्ने धादिङ जिल्ला नेपालको एकमात्र यस्तो जिल्ला हो जो नेपालको उत्तर हिमालदेखि दक्षिण तराईको भूभागसम्म फैलिएर रहेको छ । नेपालको समग्र भौगोलिक धरातलको विशेष बोकेको धादिङ जिल्लामा सबै किसिमको हावापानी पाइन्छ । यस्तो विशेषतायुक्त जिल्लामा पर्ने गजुरी गाउँपालिका नेपालको प्रसिद्ध नदी त्रिशुलीको किनारदेखि मकवानपुर जिल्लाको सिमानासम्म फैलिएर रहेको छ ।

    काठमाडौंलाई तराईसम्म जोड्ने एकमात्र पृथ्वी राजमार्ग यसै गाउँपालिकाबाट भएर जाने भएकोले यसलाई नेपालभरि प्रायः सबैले चिन्दछन् । करिब १३८.६६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको पूर्वमा गल्छी गाउँपालिका, पश्चिमा बेनिघाट रोराङ गाउँपालिका, उत्तरमा त्रिशुली नदीको किनार र दक्षिणमा मकवानपुर जिल्ला पर्दछ ।

    यो गाउँपालिका समुद्री सतहबाट करिब ३०० देखि १३०० मिटर सम्मको उचाईसम्म फैलिएर रहेको छ । विश्व मानचित्रमा २८ डिग्री ७३ मिनेट उत्तरी अक्षांश र ८४ डिग्री ९८ मिनेट पूर्वी देशान्तरमा अवस्थित यो गाउँपालिकामा बाहुन, क्षेत्री, तामाङ, चेपाङ, मगर, नेवार लगायतका जातजातिको बसोबास भएकोले यहा“को कला, संस्कृति, रीतिरिवाज र परम्परामा पनि विविधता पाइन्छ । यहाँका जनताको मुख्य पेशा कृषि भए पनि व्यापार, वैदेशिक रोजगार, उद्योग व्यवसाय यहाँका अन्य पेशाहरु हुन् ।

    साविकको गजुरी, पिंडा र किरान्चोक गा.वि.स.लाई मिलाएर बनेको यस गाउँपालिका नेपाल सरकारको आदेश अनुसार २०७३ साल फागुन २७ गतेबाट सञ्चालनमा आएको हो । पृथ्वी राजमार्गमा पर्ने मलेखु, गजुरी, घाटबेसी, आदमघाट यहाँका मुख्य बजार क्षेत्र हुन् । भद्रकाली, सिद्धेश्वर, ओडारे महादेवस्थान, पिण्डेश्वरी, ईन्द्रायणी, सानो पशुपतिनाथ आदि यहाँका मुख्य मन्दिरहरु हुन् । माछा पाइने प्रख्यात ठाउँ मलेखु बजार पनि यसै गाउँपालिकामा पर्दछ ।

    नेपाली सेनाको गण, आदमघाटमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय, जिल्ला ट्राफिक कार्यालय र इलाका प्रहरी कार्यालय समेतका सुरक्षा निकायहरु रहेको र आदर्श बहुमुखी क्याम्पस, विभिन्न मा.वि. र आधारभूत विद्यालयहरु गजुरी बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लगायत अन्य स्वास्थ्य सँग सम्बन्धित निकायहरु सेक्टर र इलाका वन कार्यालयहरु, कृषि र पशु सेवा केन्द्र, महिला तथा बालबालिका कार्यालय, सीप विकास तालिम केन्द्र, कृषि सामग्री संस्थान, विद्युत प्राधिकरण जस्ता सरकारी र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी निकायहरुको कार्यशीलताले यस गाउँपालिकाको गजुरी बजारलाई दोस्रो जिल्ला सदरमुकामको रुपमा समेत लिने गरिएको छ ।

    जम्मा वडा संख्या : ८
    जम्मा जनसंख्या : २७०८४ (२०६८ सालका जनगणना अनुसार)
    समावेश गाविस : गजुरी, पिडा र किरान्चोक गाविस 
    जम्मा क्षेत्रफल : १३८.६६ (वर्ग किमी)

    यो पनि पढ्नुहोस्..

    पालिका परिचय : गल्छी गाउँपालिका, धादिङ

    पालिका परिचय : थाक्रे गाउँपालिका, धादिङ

    पालिका परिचय : धुनिबेशी नगरपालिका, धादिङ

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १८:२७:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology