काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने बताएका छन्।
सरकारले जनताको अभिमत भन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्ट्राचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्ने समेत प्रधानमन्त्री ओलीले बताएका छन।
उनले भने, ‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन संविधान मिच्दैन मिच्न दिँदैन जनताको अभिमत भन्दा विपरीत जाँदैन र जान दिँदैन भ्रष्ट्राचार गर्दैन र गर्न दिँदैन सुशासन कायम गरेर छोड्छ बताएका हुन ।