आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिंहदरबारभित्रका क्यान्टिनको अनुगमन गरी कारबाही

सिंहदरबारभित्रका क्यान्टिनको अनुगमन गरी कारबाही

नागरिक पाटी

८, फाल्गुण २०७७
  • 5.9K
    SHARES
  • सिंहदरबारभित्रका क्यान्टिनको अनुगमन गरी कारबाही

    काठमाण्डौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिहंदरबारका विभिन्न मन्त्रालय परिषद्भित्र सञ्चालित क्यान्टिनको अनुगमन गरी कारबाही थालेको छ । विभागको अनुगमन टोलीले शुक्रबार सिंहदरबारको केन्द्रीय क्यान्टिनसहित अर्थ मन्त्रालय र आफ्नै तालुकवाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिषद्मा सञ्चालित क्यान्टिनको अनुगमन गरेर आवश्यक मापदण्ड पालना नगर्नेलाई कारबाही थालेको हो ।

    images

    तालुकवाला वाणिज्य मन्त्रालय परिषद्मा रहेको क्यान्टिनबाट आएको गुनासोका आधारमा अनुगमनका लागि शुक्रबार गएको विभागको अनुगमन टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिषद्मा रहेको केन्द्रीय क्यान्टिनलाई १० हजार रुपियाँ जरिवाना गरेको जनाएको छ ।

    उक्त क्यान्टिन सञ्चालकले व्यवसायी फर्मअन्तर्गत दर्ता वा नवीकरणका आवश्यक कागजात देखाउन नसकेको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार जरिवाना गरिएको विभागका निर्देशक शिवराज सेढाईंले जानकारी दिए ।

    उनका अनुसार वाणिज्य मन्त्रालय परिषद्मा रहेको क्यान्टिनको अनुगमनका क्रममा म्याद नाघेका पानी रपेय पदार्थ भेटिएकाले दुई हजार सात सय बराबरको पानी र पेय पदार्थ नष्ट गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - ०७:२५:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology