शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रयास नेपालद्धारा इँट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई शैक्षिक सामग्री वितरण

प्रयास नेपालद्धारा इँट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई शैक्षिक सामग्री वितरण

नागरिक पाटी

१०, फाल्गुण २०७७
  • 8.2K
    SHARES
  • प्रयास नेपालद्धारा इँट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई शैक्षिक सामग्री वितरण

    धार्के,धादिङ । प्रयास नेपाल धादिङले इँट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई शैक्षिक सामग्री र टिफिन बक्स वितरण गरेको छ । सोमबार बेटर ब्रिक नेपाल कार्यक्रम मार्फत प्रयासले धुनिबेशी नगरपालिका वडा नं। ६ मा रहेको जाल्पादेवी ईट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई ईट्टा उद्योगमा बालश्रम उन्मुलन गर्न,कामदारहरुका बालबालिकाहरुको पढाईलाई निरन्तरता दिन बिद्यालय अध्ययन सहयोग सामाग्री सहयोग गरेको हो ।

    images
    images

    152787785_902431727213256_5592672978243802222_n.jpg
    जाल्पादेवि ईट्टा उद्योगका उद्योगी सञ्जय नकर्मिको प्रमुख आतिथ्यता तथा अभिभावकको उपस्थितिमा १२ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको परियोजनाका फिल्ड संयोजक सुनिता कडेलले जानकारी दिनुभयो । ईट्टा उद्योगको समग्र रुपान्तरणका लागि सञ्चालन गरेको बेटर ब्रिक नेपाल परियोजनाले धादिङ जिल्लामा रहेका ईट्टा उद्योगमा कार्यरत मजदुरका बालबालिकालाई बिद्यालय अध्ययन सहजताको लागि सहयोग गर्दै आएको छ ।

    152596493_265504128357803_3225161142514663007_n.jpg
    जिल्लामा बेटर ब्रिक नेपाल कार्यक्रम संचालन भएको ३ वटा ईट्टा उद्योगको विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय भर्ना गरेर आवश्यक शैक्षिक सामाग्री ९कापी कलम, पेन्सिल, कटर, ईलेजर, झोला, ड्रेस० प्रदान गरेको छ । यसैगरी जाल्पादेवी र एभरेष्ट ईट्टा उद्योगमा विद्यालयमा जाने उमेर नपुगेका बालबालिकालाई ईट्टा उद्योग नजिकै प्रारम्भिक बाल विकास तथा शिक्षा केन्द्र संचालन गरि खाजा कार्यक्रम अन्र्तगत ३० जना बालबालिकाहरुलाई टिफिन बक्स समेत प्रदान गरिएको परियोजनाका फिल्ड संयोजक कँडेलले जानकारी दिनुभयो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - २१:५६:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology