शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जीपको ठक्करबाट अटो चालकको मृत्यु, केहि घाईते

जीपको ठक्करबाट अटो चालकको मृत्यु, केहि घाईते

नागरिक पाटी

११, फाल्गुण २०७७
  • 4.2K
    SHARES
  • जीपको ठक्करबाट अटो चालकको मृत्यु, केहि घाईते

    दाङ । जीपले अटोलाई ठक्कर दिँदा अटो चालकको ज्यान गएको छ । जीपको ठक्करबाट गम्भीर घाइते भएका शान्तिनगर गाउँपालिका-१ पेदीखोलाका ३० वर्षीय रमेश विकको हिजोराति बाँकेको कोहलपुरमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा पाँच जना घाइते भएका छन् ।

    images
    images

    सोमवार दिउँसो तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो र पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ५०८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका-८ दुघेनामा ठोक्किएर दुर्घटनामा भएको हो।

    गम्भीर घाइते विकलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर अस्पतालमा रेफर गरिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - १३:२८:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology