शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नागरिक पाटी

१३, फाल्गुण २०७७
  • 6.0K
    SHARES
  • सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    काठमाडौं । विभिन्न सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका-३ स्थित गोधुली होटल अगाडि सडकमा ना।६ ख ४९४४ नम्बरको कन्टेनरको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-४ बस्ने १४ वर्षीय धिरज गुप्ताको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राउ स्मारक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images

    यस्तै बर्दियाको राजापुर नगरपालिका-८ भोगपुरस्थित सडकमा ना.६५ प ८०३९ नम्बरको मोटरसाइकल रांगामा ठक्कर खाँदा मोटरसाइकल चालक गुलरिया नगरपालिका-३ खैरापुर बस्ने २७ वर्षीय दामोदर खनालको बुधबार बेलुका मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय सुभन यादवको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    यस्तै चितवनको भरतपुर महानगरपालिका-१२ स्थित सडकमा ना.३८ प ५२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका-१० बस्ने २५ वर्षीय चिरन राज चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    यसैगरी चितवन, भरतपुर महानगरपालिका-९ स्थित सडकमा बा.५ ख ८९९९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित सडकमा ना.६ ख ४०४४ नम्बरको ट्रकले ना.१ ह ३४०८ नम्बरको गाडीलाई बिहीबार बिहान ठक्कर दिँदा गाडी चालक हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    यस्तै सुनसरी, बराहक्षेत्र नगरपालिका-५ भरोलस्थित सडकमा को।१ ज ३७६१ नम्बरको बोलेरोले ना.३९ प ५०७६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय डिगन गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय कृष्ण कुमार राजधामीको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - १२:२४:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology