शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेसले तत्काल नेकपासँग सहकार्य नगर्ने निर्णय

कांग्रेसले तत्काल नेकपासँग सहकार्य नगर्ने निर्णय

नागरिक पाटी

१३, फाल्गुण २०७७
  • 4.9K
    SHARES
  • कांग्रेसले तत्काल नेकपासँग सहकार्य नगर्ने निर्णय

    काठमाण्डौँ । नेपाली कांग्रेसले तत्काल नेकपासँग सहकार्य नगर्ने निर्णय गरेको छ । पदाधिकारी बैठकले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको हो ।

    images
    images

    गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्न सभापति देउवाले आज पदाधिकारी बैठक बोलाएका थिए ।

    उक्त बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी थिए । बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड माधव समूहको प्रस्ताव लगायत विषयमा छलफल भएको थियो ।

    संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी शुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - १९:१७:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology