धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका वडा नम्बर ७ को मछेडी खोला नजिकै बस दुर्घटना भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बस दुर्घटना भएको हो । ना ५ ख ५०७० नम्वरको बस सुर्खेतबाट काठमाण्डौं आउँदै गरेको बससग ठोक्किएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । दुर्घटनामा १० जना यात्रु सामान्य घाइते भएका छन् ।