शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मिलिजुली सहकारीको १३औं स्थापना दिवसको अवसरमा ७३ जनाद्धारा रक्तदान

मिलिजुली सहकारीको १३औं स्थापना दिवसको अवसरमा ७३ जनाद्धारा रक्तदान

शिवराज आचार्य

१६, फाल्गुण २०७७
  • 7.7K
    SHARES
  • मिलिजुली सहकारीको १३औं स्थापना दिवसको अवसरमा ७३ जनाद्धारा रक्तदान

    महादेबबेशी । धादिङको थाक्रे गाउँपालिका -११ को बालुवा फाँटमा आज (आईतबार) रक्तदान कार्यक्रम भएको छ । मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं स्थापना दिवसको अबसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन् ।

    images
    images

    153622991_2327588724054513_2180276264073403511_n.jpg

    रक्तदान कार्यक्रममा ४७ जना पुरुष र २६ जना महिलाहरुले रक्तदान गरेका गरेका छन् । रक्तदान गर्नुहुनेमा सहकारीका पदाधिकारी,समाजसेवीहरु, महिला समूह, शिक्षक, युवाक्लब र विद्याथीहरु रहेका छन् ।

    रक्तदान कार्यक्रम आगामी दिनमा समेत आयोजना गरिने सहकारीका अध्यक्ष उर्मिला रेग्मी रुपाखेतीले बताउनु भएको छ । सानो सहयोगले कसैको ज्यान बाँच्छ र पुर्नजीवन पाउने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष रेग्मीको भनाइ रहेको छ ।
    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धादिङको प्राविधिक सहयोग, थाक्रे युवा परिषद थाक्रे ११ को समन्वय रहेको कार्यक्रमा रेडियो राजमार्ग ९२।१मेगाहर्ज सञ्चार सहयोगीको रुपमा रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - १८:४३:५८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology