शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, ठक्कर दिने डोजरमा आगजनी

धादिङको सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, ठक्कर दिने डोजरमा आगजनी

नागरिक पाटी

१७, फाल्गुण २०७७
  • 20.3K
    SHARES
  • धादिङको सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, ठक्कर दिने डोजरमा आगजनी

    धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका -१ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बाटो पीच गर्नको लागि सडकमा भएको माटो फाल्दै गरेका बेला घाँस काटेर फर्कदै गरेकी त्रिपुरासुन्दरी-१ कि सरस्वती कुमाललाइ जेसीवी डोजरले ठक्कर दिएको हो।

    images
    images

    महिलाको शव भने माटोले पुरिएको अवस्थामा भेटिएको थियो। घटना कसरी भयो भन्ने बारेमा प्रहरीले विस्तृत जानकारी दिएको छैन। यद्यपी घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएपछि चालक फरार भएका थिए।

    ठक्करबाट घाइते भएकी महिलालाइ डोजर चालकले उद्धार गर्नुको साटो थप माटोले पुरिदिएर घाइते अवस्थामै हत्या गरेको भन्दै आक्रोशित स्थानीयले डोजरमा आगजनी गरिदिएका छन्।
    डोजर चालक र बाटो बनाउने ठेकेदारलाई प्रहरीले खोजी गरिरहेको बताएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १७:२४:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology