शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रचण्ड–नेपाल समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै

प्रचण्ड–नेपाल समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै

नागरिक पाटी

१९, फाल्गुण २०७७
  • 6.6K
    SHARES
  • प्रचण्ड–नेपाल समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाण्डौं । संसद् पुनस्र्थापनापछि विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीति तयका लागि नेकपाको प्रचण्ड–नेपाल समूहले बुधबार केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै उल्ट्याइदिएपछि उत्साही बनेको प्रचण्ड–नेपाल समूह अब नयाँ सरकार गठनका लागि कांग्रेससँग समीकरण निर्माणको कोसिसमा छ ।

    images
    images


    बुधबारको बैठकमा नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिएको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा छिटो निर्णय लिन ध्यानाकर्षण गराउँदै आएको प्रचण्ड–नेपाल समूहले आवश्यकता परे ती सक्कल कागजात निर्वाचन आयोगमा बुझाउने तयारीका लागि आफ्ना केन्द्रीय सदस्यलाई त्यसरी बैठकमा आउन निर्देशन दिएको हो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - १०:१९:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology