धादिङ । धादिङको धुनिबेशीमा रहेको शेषकान्त फाउण्डेशन र स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था ‘इप्पान’ विच समझादारी पत्रमा हस्ताक्षर भएको छ । आज (मंगलबार) एक कार्यक्रमका बिच शेषकान्त फाउण्डेशनका अध्यक्ष विशेश्वर प्रसाद ढकाल र इप्पानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा बोल्नुहुदै धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले आफ्नो नगरमा प्राविधिक शिक्षालय स्थापना हुनु खुसीको कुरा रहेको बताउँदै नगरले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न नगरपालिका लागि परेको समेत बताउनुभएको छ ।
यसै गरी कार्यक्रममा बोल्नु हुँदै स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष कृष्ण प्रसाद आचार्यले शेषकान्त फाउण्डेशनले संचालन गरेको जर्मन प्राविधिक शिक्षालय जस्ता तालिम केन्द्रहरुले नेपालमा जलविद्युत क्षेत्रमा काम गर्ने स्वदेशी प्राविधिकको अभाव पुर्ति गर्न बताउनु भएको छ । उहाँले जर्मन प्राविधिक शिक्षालयले दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्नका लागि तालिम केन्द्र सञ्चालन गरेकोमा धन्यवाद समेत दिनु भएको छ ।
यसै गरी कार्यक्रममा बोल्नु हुँदै शेषकान्त फाउण्डेशनका सल्लाहकार तथा जर्मन प्राविधिक शिक्षालयका परिकल्पनाकार पवन ढकालले तालिम केन्द्रमा अन्तराट्रिय स्तरका यन्त्र उपकरण मार्फत तालिम सञ्चालन गर्नु पाउँदा आफ अत्यन्तै खुसी भएको बताउनु भएको छ ।
ह्स्ताक्षर कार्यक्रममा संस्थाका अध्यक्ष विशेश्वर प्रसाद ढकाल, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य,उप मेयर निरु खरेल,शेषकान्त फाउण्डेशनका सल्लाहकार तथा जर्मन प्राविधिक शिक्षालयका परिकल्पनाकार पवन ढकाल, नेपालका लागि जर्मन राजदुतावासका द्धितिय सचिव सिमन म्याक्सीमिलान हाइन्केला, प्रमुख प्रसाशकिय अधिकृत हरिदत्त कडेल, गैह्र आवासिय नेपाली संघ जर्मनीका उपाध्यक्ष डा.बद्रि केसी, वडा अध्इक्षहरु,संस्थाका अन्य पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको थियो ।