शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवामा ६ सय बढी अपाङ्गलाई परिचयपत्र वितरण

रसुवामा ६ सय बढी अपाङ्गलाई परिचयपत्र वितरण

नागरिक पाटी

१, चैत्र २०७७
  • 6.9K
    SHARES
  • रसुवामा ६ सय बढी अपाङ्गलाई परिचयपत्र वितरण

    रसुवा । जिल्लामा अपाङ्गता भएका व्यक्तिको पहिचान गरी विभिन्न निकायबाट पाउने सेवा सुविधा उपलब्ध गराउने कार्यमा सहज पार्ने उद्देश्यले परिचय वितरण कार्य अगाडि बढेको छ । अपाङ्ग पुनःस्थापना केन्द्रको समन्वयमा हाल ३ सय ७१ महिलासहित ६ सय २५ लाई अपाङ्गताको पहिचान गर्ने परिचय पत्र प्रदान गरिसकेको छ ।

    images
    images

    पछिल्लो आँकलन अनुसार अपाङ्गता भएका व्यक्ति जिल्लामा करिब एक हजार रहेका छन् । अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन स्थानीय तहलगायत सबै निकायसँग समन्वय गरिरहेको रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष गम्भीरमान लोले जानकारी दिनुभएको छ ।

    अपाङ्गता भएका व्यक्तिलाई समुदायमा आधारित पुनःस्थापना गराउन प्रदेश सरकारद्वारा स्थानीय तहमा आउने अनुदानको कार्यक्रम बनाउनसमेत सहयोगी भूमिका निर्वाह गरिरहेको बताइन्छ ।

    यस्तै जिल्लाभित्र रहेका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड क्षेत्रमा प्राविधिक साझेदारी कार्यक्रमअन्तर्गत ह्याण्डिक्याप इन्टरनेशनल फेडरेसन नेपालको सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई केन्द्रित गरी स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र जीविकोपार्जनका कार्य योजना बनाउने कार्य अगाडि बढिरहेको छ ।

    ह्याण्डीक्यापसँगको साझेदारीमा विपद् न्यूनीकरणका लागि पूर्वतयारीका कार्यक्रम अगाडि बढाएको, विपद्को कार्य योजना बनाउन स्थानीय तहलाई सहयोग गरिरहेको र स्थानीयस्तरमा विपद् व्यवस्थापनअन्तर्गतको खोज तथा उद्धारसम्बन्धी तालीम प्रदान गरिसकेको कार्यक्रम अधिकृत छिरिङ लामाले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिको अधिकार एवं क्षमता विस्तार गरी आत्म मनोबल उच्च पार्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम अगाडि बढिरहेको बताइएको छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - ०९:३७:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology