शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनिघाट रोराङको चरौँदीमा एक दिने एकिकृत जनस्वास्थ्य शिविर सञ्चालन

बेनिघाट रोराङको चरौँदीमा एक दिने एकिकृत जनस्वास्थ्य शिविर सञ्चालन

शिवराज आचार्य

६, चैत्र २०७७
  • 8.3K
    SHARES
  • बेनिघाट रोराङको चरौँदीमा एक दिने एकिकृत जनस्वास्थ्य शिविर सञ्चालन

    चरौँदी । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न ७ चरौँदीमा एक दिने एकिकृत जनस्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ कार्यलय धादिङको आयोजनामा सञ्चालित एकिकृत जनस्वास्थ शिविरमा स्त्रीरोग विशेषज्ञबाट महिलाहरुको परिक्षण, विशेषज्ञ चिकित्सकहरुद्धारा स्वास्थ्य परिक्षण, क्षयरोग परिक्षण, परिवार नियोजन, आयुर्वेद सेवा, आँखा जाँच तथा मोतिविन्दु परिक्षण लगाएतका सेवा हरु aसञ्चालन गरिएका थियो ।

    images
    images

    बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा सञ्चालित शिविरमा जिल्ला अस्पताल धादिङका विशेषज्ञ चिकित्सकहरु सहित जिल्ला सामुदायिक आँखा केन्द्रको टोलीले सेवा प्रदान गरेको स्वास्थ कार्यलय धादिङका वरिष्ठ जनस्वास्थ प्रशासक डा.भुवन पौडेलले जानकारी दिनुभयो ।

    शिविरबाट ४ सय ८५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा १ सय ८५ जनाले जनरल सेवा, १ सय ९१ जनाले आँखा जाँच, ७९ जनाले स्त्री रोगसम्बन्धी जाँच, ३५ जनाको पाठेघर क्यान्सरको जाँच, ५३ जनाले भिडियो एक्सरे सेवा, ३० जनाले बालरोगसम्बन्धी सेवा लिएका बेनिघाटरोराङ गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ६, २०७७ शुक्रवार - २१:३१:१८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology