शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नागरिक पाटी

९, चैत्र २०७७
  • 6.4K
    SHARES
  • सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    काठमाडौं । सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कैलाली, सिरहा, मोरङ, धनुषा र रौतहटका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो। कैलालीको घोडाघोडी नगरपालिका ५ डोके बजार नजिक सडकमा लु।१ ख ८६०६ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा ना.६ ख ७४६१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल पल्टिएर आइतबार साँझ दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर, वतन र उमेर नखुलेका पुरुषको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसमा सवार २७ जनामध्ये १ जनालाई घोडाघोडी अस्पताल सुखड हुँदै थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ भने १९ जना उपचार पश्चात डिस्चार्ज भएको र ७ जनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ । दुबै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images

    यस्तै सिरहाको कल्याणपुर नगरपालिका-२ चतरी कमला बाधस्थित सडकमा स.१ त ७०१६ नम्बरको ट्रयाक्टरमा जडान भएको थ्रेशर खेतमा पल्टिएर आइतबार दिउँसो दुर्घटना हुँदा थ्रेसरमा सवार सोही नगरपालिका-२ चतरी बस्ने ५५ वर्षीय रामरतन मण्डलको घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै मोरङको कटहरी गाउँपालिका-३ स्थित सडकमा को.१ ख ४७८३ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका-२ बस्ने ३६ वर्षीय बच्चु डुमको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसैगरी मोरङ, सुन्दरहरैचा नगरपालिका-५ दुलारीस्थित सडकमा को.१८ प १८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री मोरङ सुन्दरहरैचा नगरपालिका.६ बस्ने ५५ वर्षीय ईन्द्र बहादुर श्रेष्ठको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय सेवन कोईरालाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    यस्तै धनुषा, सबैला नगरपालिका-१० सिमराडीस्थित सडकमा ज.८ प १३४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७५ वर्षीया गुन्दी आमदको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित सडकमा ग.१ ख ६४४७ नम्बरको बसले प्रदेश २-०३-०११ प ७८७९ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका-१ बागमती डाँडाटोल बस्ने ३४ वर्षीय कुमार लुङ्गेलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २७ वर्षीय जय बहादुर दर्लामीको सोही अस्पताल हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंतर्फ रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - १४:४७:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology