शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

नागरिक पाटी

१८, चैत्र २०७७
  • 9.2K
    SHARES
  • मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

    हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध टेबल भएको अविश्वासको प्रस्ताव फिर्ता भएको छ। प्रदेशका पूर्वमन्त्री एवं मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येका एक अरुण नेपालले मंगलवार प्रस्ताव फिर्ता लिएको सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका हुन्।

    images
    images


    पौडेलविरुद्ध गत पुस १० गते ४५ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव पेश गरिएको थियो। अष्टलक्ष्मी शाक्यलाई भावी मुख्यमन्त्री प्रस्ताव गर्दै पेश गरिएको अविश्वासको प्रस्ताव सर्वोच्चको फागुन २३ को फैसलाले बिथोलिदिएको थियो। त्यही कारण देखाउँदै प्रदेश सभा सदस्य अरुण नेपालले अविश्वासको प्रस्ताव फिर्ता लिन बाध्य भएको जनाएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १८, २०७७ बुधवार - १०:२२:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology