मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ को बज्रवाराही माविमा ११ कोठे विद्यालय निर्माण हुने भएको छ । आपतकालिन विद्यालय पुर्ननिर्माण आयोजना अन्तर्गत जाइकाको सहयोगमा भवन निर्माण हुने भएको हो । हिजो बुधबार नगरपालिकाका प्रमुख लवशेर विष्टले विद्यालय भवनको एक समारोहकाबीच शिलान्यास गरेका छन् ।
३ करोड १० लाख ८७ हजार १८७ रुपियाँ लागत अनुमान गरिएको ११ कोठे भवन सुबिधा सम्पन्न भवन निर्माणको ठेक्का शर्मा ए.एम.जेभि काठमाडौले पाएको छ । विद्यालय भवन वि.सं. २०७९ श्रावण महिनाभित्र सम्पन्न गर्नुपर्नेछ ।
राष्ट्रिय पुर्ननिर्माण जिल्ला आयोजना कार्यन्वयन ईकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्री बहादुर पाठकको विशेष आतिथ्यतामा भएको कार्यक्रममा वडा नंबर ६ का वडा अध्यक्ष शशिधर सुवेदी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर लाल रुम्बा लगाएतको उपस्थिति रहेको थियो ।