शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बासुदेब बास्कोटाको संयोजकत्वमा ११ सदस्यीय धुनिबेशी नगर सहकारी संजाल गठन

बासुदेब बास्कोटाको संयोजकत्वमा ११ सदस्यीय धुनिबेशी नगर सहकारी संजाल गठन

शिवराज आचार्य

२०, चैत्र २०७७
  • 9.0K
    SHARES
  • बासुदेब बास्कोटाको संयोजकत्वमा ११ सदस्यीय धुनिबेशी नगर सहकारी संजाल गठन

    धार्के । ६४ औं राष्ट्रिय सहकारी दिवस को अबसरमा  धुनिबेशी नगरपालीका भित्र रहेका बिभिन्न विषयगत सहकारीहरूका लागि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रमबाट बासुदेब बास्कोटाको संयोजकत्वमा ११ सदस्यीय धुनिबेशी नगर सहकारी संजाल गठन गरीएको छ ।

    images
    images

    167850702_199540598287329_2713737586769218508_n.jpg

     धुनिबेशी नगरपालिका भित्र रहेका विभिन्न विषयगत सहकारीहरुका लागि एक दिने कार्यक्रमको आयोजना गरिएको उदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष बासु देब बास्कोटाले बताउनु भएको छ ।

    कार्यक्रममा बोल्नु हुँदै जिल्ला सहकारी संघका अध्यक्ष राम चन्द्र आचार्यले ६४ औं राष्ट्रिय सहकारी दिवसका अबसरमा शुभकामना प्रदान गर्नु भएको छ । सहकारीले नागरिक दुःख सुखमा सहयोगीको रुपमा काम गरेको अध्यक्ष आचार्यको भनाइ छ ।

    कार्यक्रमका प्रमुख अतिथी समेत रहनु धुनिबेशी नगरपालिकाका मेयर बाल कृष्ण आचार्यले ६४ औं राष्ट्रिय सहकारी दिवसका अबसरमा शुभकामना दिदै नगरपालिका क्षेत्र भित्रका रहेका सहकारीहरुले एउटै छाना मुनिबसी नगरपालिकाले बनाएको निति र सहकारीहरुले बनाएका नियमलाई आत्मसाथ गर्दै सहुलियतपूर्ण ऋण प्रभाह गर्न मेयर आचार्यको भनाइ छ ।

    167728949_920816678652354_8341114530785520269_n.jpg

    कार्यक्रममा प्रमुख अतिथी धुनिबेशी नगरपालिका मेयर बालकृण आचार्य,उपमेयर निरु खरेल,धुनिबेशी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेल,धादीङ जिल्ला सहकारी संघका अध्यक्ष्य रामचन्द्र आचार्य लगायत बिभिन्न सहकारी संस्थाका अध्यक्ष्य,संञ्चालक समिती उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २०, २०७७ शुक्रवार - २०:१४:३२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology