धार्के, धादिङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धादिङको अध्यक्ष भुवन श्रेष्ठ र संगठनका केन्द्रीय सदस्य सन्तोष राना क्षेत्रीको प्रमुख आतिथयततामा बसेको जिल्ला कमिटिको विस्तारित बैंकले विभिन्न निर्णयहरु गरेको छ ।
विस्तारित बैंकले अनेरास्ववियु धादिङको २४ औं जिल्ला सम्मेलन संगठनको विधानले तोकेको समयसीमा सम्पन्न गर्ने गरी जिल्ला कमिटिलाई सम्मेलन आयोजक कमिटिमा रुपान्तरण गर्ने निर्णय गरिएको छ ।
त्यसै गरी अनेरास्ववियु धादिङको २४ औं जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजकमा भुवन श्रेष्ठ र सचिवमा रक्तिम रेग्मी चयन गरेको छ । त्यसै गरी कार्यालय सदस्य,सचिवालय सदस्य र सदस्यहरुको कमिटी गठन गरीएको अनेरास्ववियु धादिङका अध्यक्ष भुवन श्रेष्ठले नागरिक पाटीलाई जानकारी दिनु भएको छ ।

