शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

७० प्रतिशत अंक ल्याए सवारी चालक अनुमतिपत्र पाइने

७० प्रतिशत अंक ल्याए सवारी चालक अनुमतिपत्र पाइने

नागरिक पाटी

२४, चैत्र २०७७
  • 4.9K
    SHARES
  • ७० प्रतिशत अंक ल्याए सवारी चालक अनुमतिपत्र पाइने

    काठमाण्डौं । सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै नयाँ निर्देशिका ल्याई त्यसलाई सहज बनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ स्वीकृत गरिसकेको छ । यो निर्देशिका आगामी जेठ १ गतेदेखि कार्यान्वयनमा आउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले बताए।

    images
    images

    ‘यसअघि सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक (परीक्षा) ट्रायलमा शतप्रतिशत पास गरेपछि मात्रै लाइसेन्स पाइन्थ्यो। तर नयाँ निर्देशिकाअनुसार अब ट्रायल परीक्षामा ७० प्रतिशत अंकभार ल्याएमा उत्तीर्ण भएको मानिनेछ,’ उनले भने, ‘समय सान्दर्भिक सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा फेरबदल गरेका हौं।

    ’ कोभिड–१९ का कारण सवारीचालक अनुमतिपत्र झन्डै १० महिना ठप्प भएको थियो। १० महिनासम्म अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा नहुँदा करिब ७ लाख सेवाग्राहीले अनलाइनमार्फत आवेदन फाराम भरेका छन्।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २४, २०७७ मंगलवार - १२:३६:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology