परानो धार्के, धादिङ । दशौं राष्ट्रपति रनिङशिल्ड धुनिबेशी नगरपालिका स्तरीय प्रतियोगिता २०७७ आज बाट सुरु भएको छ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ को भुबनेश्वरी खेलकुद मैदानमा आज आईतबार बाट प्रतियोगिता सुरु भएको छ ।

नगरस्तरीय प्रतियोगीतामा आधारभुत तहका कक्षा ६ देखि ८ र माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न कार्यक्रममा भाग लिने छन् ।
प्रतियोगिताको उत्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले मार्चपासमा आफ्नो विद्यालयको नाम र नेपालको राष्ट्रिय भण्डा समेत बनाएका थिए ।
उत्घाटन कार्यक्रममा बोल्नु हुँदै नगरपालिकाका मेयर बाल कृष्ण आचार्यले नगरपालिकाको गैरबकोआयोजनाको रुपमा रहेको निर्माणधिन भुबनेश्वरी खेलकुद मैदानमा यो दशैं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्नु सफल भएको बताएका छन् । उहाँले प्रतियोगिताको सफलताको शुभकामना समेत दिनु भएको छ ।
वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण कुमार रेग्मीको अध्यक्षतामा भएको उत्घाटन कार्यक्रममा धुनिबेशी नगरपालीकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका प्रअहरु र विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रम ३१ गते समापन हुने नगरपालिकाको युवा खेलकुद तथा शिक्षाका प्रमुख सुजन राज खनालले बताएका छन् ।
केहि तस्बिरहरु:





