आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जिवनपुर साना किसान कृषि सहकारीद्धारा धार्केमा सहकारी पसल सञ्चालनमा

जिवनपुर साना किसान कृषि सहकारीद्धारा धार्केमा सहकारी पसल सञ्चालनमा

शिवराज आचार्य

२९, चैत्र २०७७
  • 18.3K
    SHARES
  • जिवनपुर साना किसान कृषि सहकारीद्धारा धार्केमा सहकारी पसल सञ्चालनमा

    धार्के । धादिङको धुनिवेशी ६ धार्केमा मल, बीउ, बिजन तथा तरकारी खरिद बिक्रि केन्द्र स्थापना भएको छ । आफ्ना शेयर सदस्यहरुलाई सेवा पुर्याउने उदेश्यले जिवनपुर साना किसान कृषि सहकारी संस्थाले धार्के बजारमा आईतबारदेखि औपचारिक रुपमा सहकारी पसलको उद्धघाटन गरेको छ ।

    images

    170396523_4294413203924837_4235436643569966339_n.jpg

    उद्धघाटन कार्यक्रमका बिच जिवनपुर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष राजेश कुमार रुचालले बिचौलियाहरुको अन्त्य गर्दै पसलमा सर्वसुलभ तथा गुणस्तरिय सामान विक्रि वितरण गरिने बताउनुभयो । आफ्ना शेयर सदस्यहरुलाई सेवा सुविधा प्रदान गर्नका लागी समयमै मल, बिउ, बिजन उपलब्ध गराउने र उत्पादन गरिएका तरकारीजन्य पदार्थको उचित मूल्यमा नै खरिद बिक्रि हुने बताउनुभयो ।

     

    कार्यक्रमका प्रमुख अतिथी तथा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले रिबन काटेर पसलको उद्घाटन गर्नुहुदै सहकारीले गरेको यो काम प्रशंसनीय रहेको र भावी दिनहरुमा यस पसलले हरेक कृषकको मन जित्न सक्ने बनाउन आग्रह गर्नुभयो । कृषकले चाहेको समयमा मल, बिउ उपलब्ध गराउन सक्नुपर्ने र गोदामको उचित व्यवस्था हुनुपर्नेमा जोड दिनुहुदै कृषकको चाहना तथा आवश्यक्तालाई मध्यनजर गर्दै स्थापना भएको यस पसलको लागी धुनिवेशी नगरपालिका सहयोगका लागी सदैव तत्पर रहेको बताउनुभयो । 


    जिवनपुर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष राजेश कुमार रुचालको अध्यक्षता, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता, नगर उपप्रमुख निरु खरेल, वडा नं ५ का वडाध्यक्ष कृष्ण कुमार रेग्मी, जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रामचन्द्र आचार्य, नेपाल कृषि सहकारी केन्द्रीय संघका लेखा सदस्य अप्सरा अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - १९:३८:१३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology