धादिङ । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितीको निर्वाचनमा व्यवसायी दिल ब. श्रेष्ठ अध्यक्ष मा निर्विरोध निर्वाचित भएका छन् । २७ र २८ गते काठमाडौमा भएको अधिवेशनमा अध्यक्ष बाहेक अन्य पदमा निर्वाचन भएको नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितीका पूर्व अध्यक्ष कृष्ण पन्तले जानकारी दिनु भएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा सुमन बोगटी निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा शिव ओझा, द्वितीय उपाध्यक्षमा अमर श्रेष्ठ, तृतीय उपाध्यक्षमा राजु सत्याल निर्वाचित भएका छन् ।
समितिको सचिवमा हेमराज श्रेष्ठ, सह–सचिवमा राजन श्रेष्ठ , कोषाध्यक्षमा प्रदिप बस्नेत , सह कोषाध्यक्षमा मनोज कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
समिती सचिवालय सदस्यमा कुमार श्रेष्ठ विजयी भएका छन् । सचिवालय सदस्यमा राजु रेग्मी लगायतका पदाधिकारी निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । छन् । कुल १ हजार ५सय ८६ मतदाता रहेको समितिको निर्वाचनमा ९७२ मत खसेको निर्वाचन समितिले जानकारी बताएको छ ।