शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनमा ट्र्याक्टर पल्टिँदा पाँच जनाको ज्यान गयो, १९ जना घाइते

चितवनमा ट्र्याक्टर पल्टिँदा पाँच जनाको ज्यान गयो, १९ जना घाइते

नागरिक पाटी

३०, चैत्र २०७७
  • 7.3K
    SHARES
  • चितवनमा ट्र्याक्टर पल्टिँदा पाँच जनाको ज्यान गयो, १९ जना घाइते

    चितवन । चितवनको राप्ती नगरपालिका–११ मा मजदुर बोकेको ट्र्याक्टर पल्टिँदा ज्यान गुमाएका पाँच जनामध्ये चार जनाको परिचय खुलेको छ ।

    images
    images


    राप्ती नगरपालिका–५ का ३५ वर्षका खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षका सीताराम श्रेष्ठको परिचय खुलेको प्रहरीले जनाएको छ ।


    दुर्घटनामा ज्यान गुमाएका अन्दाजी २५ वर्षका युवकको भने परिचय खुलेको छैन । हिजो बेलुका थाकलटारबाट चिउँडे खोलातर्फ छुटेको ना १ त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर चिउँडेखोलामा पल्टिँदा पाँच जनाको ज्यान गएको र १९ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - १०:२१:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology