शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भुबनेश्वरीलाई धुनिबेशी नगरपालिका स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी

भुबनेश्वरीलाई धुनिबेशी नगरपालिका स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी

शिवराज आचार्य

३१, चैत्र २०७७
  • 6.4K
    SHARES
  • भुबनेश्वरीलाई धुनिबेशी नगरपालिका स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी

    धार्के । धुनिबेशी नगरपालिका स्तरीय दशौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितको उपाधी भुबनेश्वरी माध्यमिक विद्यालयले उचालेको छ । चैत्र २९ गतेबाट धुनिबेशी नगरपालिका वडा नम्बर ५ को भुबनेश्वरी खुलकुद मैदानमा सञ्चालन भएको प्रतियोगीताको उपाधी उक्त विद्यालयले उचालेको हो।

    images
    images

    173282131_10220974262999221_8331486273146468192_n.jpg

    “राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ सञ्चालन भएको प्रतियोगीतामा भुबनेश्वरी माध्यमिक विद्यालयले १० स्वर्ण ५ रजत ८ कास्य सहित कुल २३ अंक प्राप्त गरेर प्रथम स्थान हासिल गरेको छ जनाईएको छ । यस्तै गुडस्टार्ट बोर्डिङ स्कुलले ४ स्वर्ण, ३ रजत, ३ कास्य सहित कुल १० अंक प्राप्त गरेर द्धितिय स्थान हासिल गरेको छ ।

    त्यस्तै महेशधर्म माध्यमिक विद्यालयले ३ स्वर्ण, ३ रजत, २ कास्य सहित कुल ८ अंक प्राप्त गरेर तृतिय स्थान हासिल गरेको छ ।

    173921933_10220974259519134_1261432982083858413_n.jpg

    नगरस्तरीय प्रतियोगीतामा आधारभुत तहका ६ देखि ८ र माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न कार्यक्रममा भाग लिएका थिए ।नगरपालिका भित्रका १६ वटा विद्यालयले कार्यक्रममा सहभागीता जनाएका हुन्।

    कार्यक्रममा प्रथम,द्धितिय र तृतिय हुने विद्यालय तथा विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा अन्य अतिथिहरुबाट मेडल, प्रमाणपत्र र शिल्ड वितरण गरिएको छ ।

    कार्यक्रममा बोल्नु हुँदै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङले विद्यार्थीहरुलाई शुभकामना दिदै जिल्ला स्तरिय खेलमा सहभागी हुन समेत आग्रह गर्नु भएको छ ।


    समापन समारोहमा बोल्नु हुदै प्रमुख अतिथि बागमती प्रदेश सभाका संसाद तथा पृर्व स्थानिय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले यस किसिमको खेलबाट विद्यालय र विद्यार्थीको चर्चा भएको बताएका छन । उहाँले खेल क्षेत्रमा आफुले सकेको सहयोग गर्ने बताएका छन।

    समापन समारोहमा बोल्नु हुँदै नगरपालिकाका मेयर बालकृष्ण आचार्यले नगरले खेल क्षेत्रमा विकासको धेरै बजेट राखेर खेल मैदानहरु निर्माण गरेको र आग्रामी दिनमा राष्ट्रिय स्तरका खेलकुदका कार्यक्रम समेत सञ्चालन गर्न सकिने भुबनेश्वरी मैदान निर्माण गरिएको बताएका छन् । उहाँले अहिले विजय भएका विद्यार्थीहरुलाइ शुभकामना दिनु भएको छ ।

    कार्यक्रममा बागमती प्रदेश सभाका संसाद तथा पृर्व स्थानिय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डे धुनिबेशी नगरपालीकाका मेयर बालकृष्ण आचार्य, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङ,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका प्रअहरु र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - २२:३२:२९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology